'सिने स्टार अवार्ड २०२०' का लागि उत्कृष्ट तीनको मनोनयन सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बिच आयोजकले १२ विधामा उत्कृष्ट तीनको मनोनयन सार्वजनिक गर्दै मनोनीत स्रष्टालाई प्रमाणपत्र वितरण गरेको छ । फेब्रुअरी २२ तारिखमा क्यानडाको टोरन्टोमा आयोजना हुने 'सिने स्टार अवार्ड' पहिलो संस्करण हो । अवार्डको उत्कृष्ट चलचित्रको क्याटेगोरी तर्फ ‘बुलबुल’, ‘प्रसाद’ र ‘छक्का पन्जा ३’ परेका छन् । उत्कृष्ट अभिनेत्रीतर्फ ‘बुलबुल’बाट स्वस्तिमा खड्का, ‘रोमियो एण्ड मुना’बाट सृष्टि श्रेष्ठ र ‘प्रसाद’बाट नम्रता श्रेष्ठ प्रतिस्पर्धामा छन् । भने उत्कृष्ट अभिनेतातर्फ ‘ए मेरो हजुर ३’ बाट अनमोल केसी, ‘प्रसाद’बाट विपिन कार्की र ‘यात्रा’बाट सलिनमान बनियाँ बिच प्रतिस्पर्धा देखिएको छ । हिल्सा इन्टरटेनमेन्ट प्रालिको आयोजनामा सम्पन्न हुने अवार्डमा १२ विधासँगै जुरी र लाइफ टाइम एचिभमेन्ट अवार्ड पनि प्रदान गरिनेछ । जुरी र लाइफ टाइम एचिभमेन्ट अवार्ड निर्णायक र आयोजकको निर्णयमा प्रदान गरिने बताइएको छ । 
 

हेरौँ उत्कृष्ट तीन मनोनयन सुची :
उत्कृष्ट फिल्मः

प्रसाद

छक्का पञ्जा ३

बुलबुल

उत्कृष्ट निर्देशकः

बिनोद पौडेल – बुलबुल

दीपाश्री निरौला – छक्का पन्जा ३

दिनेश राउत – प्रसाद

उत्कृष्ट पटकथाः

दीपकराज गिरी – छक्का पन्जा ३

सुशील पौडेल – प्रसाद

बिनोद पौडेल – बुलबुल

उत्कृष्ट अभिनेताः

अनमोल केसी – ए मेरो हजुर ३

विपिन कार्की – प्रसाद

सलिनमान बनियाँ – यात्रा

उत्कृष्ट अभिनेत्रीः

स्वस्तिमा खड्का – बुलबुल

सृष्टि श्रेष्ठ – रोमियो एण्ड मुना

नम्रता श्रेष्ठ – प्रसाद

उत्कृष्ट सह-अभिनेत्रीः

लक्ष्मी वर्देवा – बुलबुल

सुरक्षा पन्त – गोपी

प्रियंका कार्की – नाइँ नभन्नु ल ५

उत्कृष्ट सह-अभिनेताः

सलोन बस्नेत – ए मेरो हजुर ३

सौगात मल्ल – जय भोले

केदार घिमिरे – छक्का पन्जा ३

उत्कृष्ट सम्पादनः

बनिश शाह र मिलन श्रेष्ठ – रामकहानी

निमेष श्रेष्ठ – साइँली

बिपिन मल्ल – छक्का पन्जा ३

उत्कृष्ट सिनेमाटोग्राफरः

मानकृष्ण महर्जन – छिरिङ

आलोक शुक्ला – लभ स्टेशन

पुरुषोत्तम प्रधान – छक्का पन्जा ३

उत्कृष्ट पार्श्व गायिकाः

प्रविशा अधिकारी – फुल होइन काँडा – रोज

विन्दु परियार – पहिलो नम्बरमा – छक्का पन्जा ३

अन्जु पन्त – बनकी चरी – प्रसाद

उत्कृष्ट पार्श्व गायकः

प्रताप दास – फुल होइन काँडा – रोज

सुगम पोखरेल – जिन्दगी नै भन्दिन – ए मेरो हजुर ३

रुपक डोटेल – बनकी चरी – प्रसाद

उत्कृष्ट संगीतकारः

एलिश कार्की – रोज

बसन्त सापकोटा – नाइँ नभन्नु ल ५

दीपक शर्मा – छक्का पन्जा ३