चलचित्र ‘दि कर्माको पहिलो गीत सार्वजनिक भएको छ । आगामी माघ १७ गतेबाट प्रदर्शनमा आउने चलचित्रको ‘बजार लाग्या छ’ बोलको गीत सार्वजनिक भएको हो । गीतको भिडियोमा नायिका नीता ढुङ्गाना र नायक करण बर्मा फिचर्ड छन् । भिडियोमा नायिका परमिता राज्यलक्ष्मी राणा बोल्ड र फरक लुक्समा देखिएकी छिन् । गीतमा कोसिस क्षेत्रीको शब्द तथा सङ्गीत रहेको छ भने मनिषा पोखरेलको स्वर रहेको छ । गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् । देव कुमार श्रेष्ठले निर्देशन गरेको चलचित्रमा करण, नीता, परमिता, बुद्दीसँगै देव कुमार श्रेष्ठ, अनुप सक्सेना, सङ्गीता नापितलगायतका कलाकारको पनि अभिनय रहेको छ । नेपाल र भारतको सिमानामा हुने घटनालाई कथावस्तु बनाइएको चलचित्रको कथा जयराज रायले लेखेका हुन् । रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस चलचित्रमा शारदा खड्का अर्याल सह निर्माताको रूपमा छन् । चलचित्रलाई रामेश्वर कार्कीले छायाङ्कन गरेका छन् यसै गरी पटकथा तथा संवाद सुशील पोखरेलको हो ।