नेपालमा हरेक वर्ष सय हाराहारीमा चलचित्र निर्माण हुन्छन् तर निर्माण भएका बाट औँलामा गन्न सकिने चलचित्रले मात्र लगानी उठाउँछन् बाँकीले लागी निर्मातालाई पश्चात्ताप बाहेक केही दिँदैन । बिहीबार राजधानीमा एक कार्यक्रमका बिच चलचित्र 'सेन्टी भाइरस'को पहिलो गीत सार्वजनिक गरियो । कार्यक्रम सामान्य तवरले नै सम्पन्न भयो तर कार्यक्रममा सहभागी भएका कलाकार केदार घिमिरे (माग्ने बुढा)ले सबैको ध्यान तान्ने र सोचनीय विषय उठाए । जसले सम्पूर्ण नेपाली चलचित्रले एक पटक गम्भीर भएर सोच्नु पर्ने बनाइदिएको छ । केदारले कार्यक्रममा ‘वर्षमा १२ वटा चलचित्र राम्रो बन्न जरुरी छ । चलचित्रहरू राम्रा राम्रा बनुन् ’ भन्ने अभिव्यक्ति राखे जसले आज नेपाली चलचित्र कुन दिशामा गइरहेका छन् भन्ने प्रश्न मात्र उठाउँदैन बरु नेपाली चलचित्रको लागी लगानी गर्नेले के सोचेर दुख गरेर कमाएको पैसा खोलामा बगाउने भन्ने प्रश्न पनि उठाएको छ ।