मिस वर्ल्ड २०१९ मा दुई उपाधि हात पार्दै उत्कृष्ट १२ मा छानिन सफल नेपालकी सुन्दरी अनुष्का श्रेष्ठ स्वदेश फर्किएकी छिन् । 'ब्यूटी विथ पर्पस', 'हेड टु हेड विन' र 'मल्टिमिडिया च्याम्पियन' बन्न सफल उनी सोमवार दिउँसो नेपाल आइपुगेकी हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभ चिन्तकले उनलाई निकै उल्लासका साथ स्वागत गरे । नेपाल भित्रँदै गर्दा उनले आफूले पाएको सफलताले निकै उत्साहित बनाएको र आगामी दिनमा आफूले पाएको मायालाई सम्मान गर्दै अगाडी बढ्ने प्रतिबद्धता जनाइन् ।
उनले यो सफलताको श्रेय सम्पूर्ण शुभ चिन्तक र नेपालीलाई दिएकी छिन् ।