दुई वर्ष अगाडी प्रदर्शनमा आएको चलचित्र ‘षड्ङग’ले नवीन मानन्धर उर्फ भालु डन र अर्जुन गुरुङ उर्फ गारे डनको जोडीलाई जन्माएको थियो । नवीनको ‘षड्ङग’ पहिलो चलचित्र थियो भने अर्जुन यस अघि नै भंगेरी डनबाट परिचित थिए । उक्त चलचित्रमा यी दुईले बाेल्ने संवादले निकै चर्चा पायो । युवा माझ अझै पनि यी दुईको संवाद चर्चित छ ।

 

‘षड्ङग’ले करियरमा नयाँ मोड लिए पछि दुवै भन्छन् ‘बाटोमा हिड्दा पनि डन नै सम्झिन्छन् ’ । नवीन उर्फ भालु डन भन्छन् ‘म त पात्रमा भन्दा धेरै उल्टो छु । एकदमै सोझो छु । तर अझै पनि कतिले डन नै सम्झिदा हासो लाग्छ । ’ यस्तै अर्जुन उर्फ गोरे डनको व्यस्तता बढ्दो छ । कलाकारितामा आउनु अघि उनी प्रोडक्सनको काम गर्दथे । पछिल्लो समय प्रोडक्सन भन्दा पनि अभिनयमा उनी सक्रिय छन् । 
यी दुई पुन चलचित्र ‘म यस्तो गीत गाउछु’ मार्फत एकसाथ आउँदै छन् । सुर्दशन थापाको निर्देशनमा बनेको चलचित्रमा महत्वपु्र्ण भूमिकामा रहेको उनीहरू बताउछन् । आउँदो शुक्रवार यानिकी असार ३० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा काम गर्न पाउँदा खुसी लागेको उनीहरु बताउछन् ।