गत शुक्रवार हलमा नेपाली फिल्म नै रिलिज भएनन् । यसको कारण हो बलिउड प्रतीक्षित चलचित्र '‘दबंग ३’ को प्रदर्शन । कुनै पनि नेपाली चलचित्रले दबंग ३ सँग पङ्गा लिने साहस गर्न सकेनन् । सकुन् पनि कसरी, नेपाली हलवालाहरूले हिन्दी फिल्म र नेपाली फिल्मलाई गर्ने व्यवहारमा आकाश जमिनको फरक छ । चलचित्रलाई नेपाली मल्टिप्लेक्समा कीर्तिमानी सो दिइएको थियो । 'दबंग ३'लाई क्युएफएक्सले उपत्यका भित्र झन्डै चार दर्शन सो दिएको थियो, भने  देशभर ८८ सो दिइएको थियो । यो क्युएफएक्सले दिएको अहिले सम्मकै उच्च सो हो । स्वदेशी र विदेशी चलचित्रमा गरिने यो भेदभावको बारेमा आवाज उठाइरहने व्यक्ति हुन् अभिनेता तथा निर्माता हुन् दीपकराज गिरी । उनी आफूलाई चित्त नबुझेको कुराहरू सामाजिक सञ्जाल फेसबुकमा लेखिहाल्छन् । यस क्रममा हालै उनले आफ्नो फेसबुकमा एक स्टाटस लेखेका छन् । जसले नेपाली चलचित्रलाई गरिएको पक्षपातको बारेमा नै रहेको छ । सुरुमा चलचित्र निर्माता गरेका रोहित अधिकारीले फेसबुकमा आफ्नो आक्रोश पोखेका थिए । रोहित अधिकारीले लेखेको उक्त स्टाटस शेयर गर्दै उनले आफ्नो धारणा राखेका छन् । गिरीले लेखेका छन्–‘सत्य कुरा । सही हो । देशै उताबाट चल्या छ । हलको के कुरा, निर्माताहरू हलवालासँग डराउँछन्, हलवाला वितरकसँग डराउँछन् । वितरक उताको खान्छन् अनि यता कराउँछन् ।’ वास्तवमा यो जायज पनि हो । नेपाली फिल्ममा दर्शकको उपस्थिति राम्रो हुँदा पनि मल्टीप्लेक्सहरुले सोज बढाउन आवश्यक ठान्दैनन् । तर, विदेशी फिल्मलाई भने आवश्यकभन्दा पनि बढी सोज दिइन्छ ।