चलचित्र ‘गोपी’ युट्युबमा सार्वजनिक भएको छ । दीपेन्द्र लामाको निर्देशनमा बनेको यस चलचित्र सोमबार ओएस आर डिजिटलको  युट्युब च्यानलामा सार्वजनिक गरिएको हो । चलचित्रमा गोपीमा विपिन कार्की, वर्षा राउत र सुरक्षा पन्तको मुख्य भूमिका रहेको छ । एमए पढेर पनि गाई पालनमा होमिएका एक युवकको सङ्घर्ष कथा चलचित्रमा समेटिएको छ । काठमाडौँको टोखा क्षेत्रमा छायाङ्कन गरिएको गोपीमा शैलेन्द्र ध्वज कार्कीको सिनेमाटोग्राफी, निमेष श्रेष्ठको सम्पादन, न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको सङ्गीत तथा विप्लव प्रतीक र बुद्धिसागरको गीत समावेश छ । सामिप्य तिमल्सेना लेखक र श्रीधर पौडेल कार्यकारी निर्माता रहेको चलचित्रमा प्रकाश घिमिरे, रमेश अधिकारी, सरोज अर्याल, कमलमणि नेपाल, हिउँबाला गौतम लगायतको पनि अभिनय रहेको छ । चलचित्र सार्वजनिक भएसँगै दर्शकले गोपी निकै राम्रो चलचित्र बनेको प्रतिक्रिया दिइरहेका छन् ।