निकेश खड्काको निर्देशनमा बन्दै गरेको चलचित्र ‘चपली हाइट ३’को छायाङ्कन सकिएको छ । काठमाडौँ वरिपरि खिचिएको यस चलचित्र ३२ दिनमा प्याक अप भएको हो । सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतीक श्रेष्ठलगायतका कलाकारको अभिनय रहने छ । टिमको लगाव र मिहेनत र उचित वातावरणका कारण छायाङ्कन छिट्टै सकिएको निर्माता अर्जुन कुमारले बताएका छन् । अर्जुन कुमार फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्मित सिनेमा चैत २८ मा रिलिज हुँदैछ । निर्माता कुमारले चलचित्रको छायाङ्कनको लागी प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैलाई आभार प्रकट गरेका छन् ।