गायक अशोक दर्जी, एआर बुढाथोकी, टंक बुढाथोकी नयाँ गीत गीत लिएर आउँदै छन् । मङ्गलवार बसुन्धरास्थित पानस पार्टी प्यालेसमा गीतको भिडियोको छायाङ्कन सम्पन्न भयो । 'रातो गुलाब' बोलको गीतको भिडियोमा अभिनेता पल शाह र बिना राउत जोडीको रूपमा देखिनेछन् । छायाङ्कन भइरहेको गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गर्दै छन् । भने टंकले नै निर्देशन गर्नेछन् । गीतमा अशोक, एआर र टंकलाई कविता सिवाकोटीले आवाज दिएर साथ दिएकी छिन् । टंकले गीत प्रेम भावमा बनेको र आउँदै गरेको भ्यालेन्टाइन डे लाई लक्षित गरेर तयार गरिएको बताएका छन् । यसैगरी टंकले आफुले अहिलेसम्म कै बढी पैसा तिरेर पलालाई यस प्रोजेक्टमा लिएको बताएका छन् ।