नायिका विनीता बराललाई पुत्री लाभ भएको छ । गएको दसैँमा आफू गर्भवती भएको भन्दै शुभचिन्तकमाझ खुसी साटेकी ‘चपली हाइट’ अभिनेत्रीले अमेरिकामा छोरीलाई जन्म दिएकी हुन् । बरालले क्रिसमस डेको अघिल्लो दिन (मंगलबार) छोरीलाई जन्म दिएकी हुन् सामाजिक सञ्जालमा उनी आफैले आमा बनेको खुसी साटेकी छिन् । उनले छोरीको नाम ‘काया’ राखेको पनि सार्वजनिक गरेकी छिन् । हाल अस्पतालमा रहेकी विनीतालाई उनका बाबुले हेरचाह गरिरहेका छन् । एक वर्षअघि विनीताको अमेरिकामै बस्दै आएका प्रेमी तिलक पौडेलसँग बिहे भएको थियो । आमा र छोरीको स्वास्थ्य राम्रो रहेको बुझिएको छ । चलचित्र चपली हाइटले चर्चाको शिखरमा पुर्‍याएको उनका त्यस पछिका चलचित्र खासै सफल भएनन् । अभिनय बाट केही समय यता टढा रहेकी उनी कृषि मा पनि हात हालेकी थिइन् ।