काठमाडौँ , २६ असार । बारम्बार प्रदर्शन मिति सरेको चलचित्र ‘मेरी कुसुम’ अब साउन ६ गतेबाट प्रदर्शन हुने भएको छ । यूएइका विभिन्न शहरमा प्रदर्शन पश्चात चलचित्र ‘मेरी कुसुम’ अब नेपालका विभिन्न हलमा रिलिज हुने भएको हो । एनआरएन घिमिरेले निर्देशनमा रहेको ‘मेरी कुसुम’ केही समय अघि युएइको बिभिन्न स्थानमा प्रदर्शन भएको थियो ।

चलचित्रले राम्रो प्रतिक्रिया पाएको भन्दै चलचित्रका कलाकार तथा निर्माता मोहन बोगटीले नेपालमा पनि राम्रो माया पाउने आशावादी रहेको बताए । निर्माण पक्षको अनुसार चलचित्रले यूएइबाट नै लगानीको केही प्रतिशत रकम सुरक्षित गरिसकेको छ । चलचित्रलाई सुनिता शर्मा बोगटी र रविन्द्र कु“वरले मिलेर निर्माण गरेका हुन् । । लभस्टोरी तथा सांगीतिक कथामा बनेको यो चलचित्र मोहन बोगटी र हर्षिका श्रेष्ठको मुख्य भूमिका रहेको छ ।