विपिन कार्की स्टारर चलचित्र ‘गोपी’ युट्युब ट्रेन्डिङको एक नम्बरमा पर्न सफल भएको छ । गत आइतबार ओएस आर डिजिटलको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको चलचित्रलाई यति बेला सम्म करिब साँढे बार्ह लाखले हेरिसकेका छन् । चलचित्रलाई अधिकांशले राम्रो भनेका छन् । दीपेन्द्र लामाले निर्देशनमा बनेको चलचित्रले एक शिक्षित युवाले स्वरोजगारी रोज्दै गाई पालन मा लाग्दा आइपरेको उतार चढाव को कथा भन्छ । अभिनेता विपिनले ती युवाको भूमिका निभाएका छन् । चलचित्रमा विपिनका अलावा वर्षा राउत र सुरक्षा पन्तको मुख्य भूमिका रहेको छ । काठमाडौँको टोखा क्षेत्रमा छायाङ्कन गरिएको गोपीमा शैलेन्द्र ध्वज कार्कीको सिनेमाटोग्राफी, निमेष श्रेष्ठको सम्पादन, न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको सङ्गीत तथा विप्लव प्रतीक र बुद्धि सागरको गीत समावेश छ । सामिप्य तिमल्सेना लेखक र श्रीधर पौडेल कार्यकारी निर्माता रहेको चलचित्रमा प्रकाश घिमिरे, रमेश अधिकारी, सरोज अर्याल, कमलमणि नेपाल, हिउँबाला गौतम लगायतको पनि अभिनय रहेको छ ।