अस्ट्रेलियामा हेरिटेज अफ फेसन नेपाल २०२० हुने भएको छ । नेपाली कला तथा संस्कृतिको संरक्षण तथा प्रर्वद्धनाको उद्देश्यले फेब्रुअरी १५, २०२०मा कार्यक्रम आयोजना हुन लागेको हो । कार्यक्रममा नेपाली कलाकारहरूद्वारा नेपाली पोसाक तथा नेपाली सांस्कृतिक प्रस्तुति रहने बताइएको छ । एसैप इन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको कार्यक्रममा फैसन आईकन प्रशान्त ताम्राकार, गायक धिरज राई, गायिका प्राप्ति, ड्रेस डिजाइनर अमितेश कर्ण तथा सुकनिता चौलागाई लगायतहरुको प्रस्तुति रहने छ । यसै कार्यक्रमको लागी सञ्चार कर्मी विवेक खतिवडा अस्ट्रेलिया जाँदै छन् । कार्यक्रममा गायक धिरज राईको अभियान बुद्ध वाज बर्न ईन नेपालबारे पनि चर्चा गरिने छ ।