मिस्टर नेपाल २०१९ को उपाधि डा. सन्तोष उपाध्यायले हात पारेका छन् । बुधवार काठमाडौँमा आयोजित कार्यक्रममा अन्य प्रतिस्पर्धिलाई पछि पार्दै उनले सो उपाधि जितेका हुन् । उनले मिस्टर ट्यालेन्ट, मिस्टर फोटोजेनिकको उपाधिसमेत जितेका छन् । चिकित्सा पेसाबाहेक फोटोग्राफी, स्केच आर्ट, सङ्गीतमा रुचि रहेको उनले बताएका छन् । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगन्ज क्याम्पसबाट एमबिबिएस सकेका उनी मिस्टर वर्ल्डका लागि छनोट भएका छन् ।