वरिष्ठ कलाकार, निर्माता तथा बोर्डका अध्यक्ष स्व. केशव भट्टराईको आज १३ औ दिनको पुण्य तिथि परेको छ । यो सँगै उनी सहित दिवङ्गत वरिष्ठ हास्य कलाकार आनन्द थापा र वरिष्ठ कलाकार दीपक क्षेत्री प्रति आज श्रद्धाञ्जली अर्पण गरियो ।
शुक्रवार अपराह्न चलचित्र विकास बोर्ड, चाबहिलमा श्रद्धाञ्जली अर्पणको कार्यक्रम राखिएको थियो । कार्यक्रममा कलाकार तथा सञ्चार कर्मीको बाक्लो उपस्थिति रहेको थियो ।