काठमाडौँ जिल्ला अदालतबाट गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाह ढकालबिच सम्बन्ध विच्छेद भएको खबर बुधवार बाहिरियो । यसबारे अनेक विचार र समाचार बने उनीहरूले यो खबर झुटो भएको बताइरहेका छन् ।
यसैबिच शनिवार भारतीय गायिका आशा भोस्ले सहित नेपाली गायक गायिकाको प्रस्तुति रहेको कार्यक्रममा गायक ढकाल उनकी श्रीमती र छोरी सहित कार्यक्रमका उपस्थित भएका थिए ।
कार्यक्रममा उनीहरू सदा झैँ प्रस्तुत भएका थिए जुन हेर्दा उनीहरूको सम्बन्ध बिच कुनै चिसो पन आएको भन्ने आभास हुन दिएका थिएनन् ।