गएको हप्ता नेपाली रजतपटको लागी उपलब्धि मूलक नै रह्यो । चलचित्र सम्बन्धी विविध कार्यक्रम अनि नयाँ चलचित्रको रिलिज यिनै बिच नेपाली रजतपटको गत हप्ता गुज्रियो । चलचित्र क्षेत्रमा सानोतिनो उत्सव त जहिल्यै भइरहेकै हुन्छ । यसै गरी गएको हप्ता पनि नेपाली कला र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता । 

मिस्टर नेपाल २०१९ को उपाधि डा. सन्तोष उपाध्यायले हात पारेका छन् । बुधवार काठमाडौँमा आयोजित कार्यक्रममा अन्य प्रतिस्पर्धिलाई पछि पार्दै उनले सो उपाधि जितेका हुन् । उनले मिस्टर ट्यालेन्ट, मिस्टर फोटोजेनिकको उपाधिसमेत जितेका छन् । चिकित्सा पेसाबाहेक फोटोग्राफी, स्केच आर्ट, सङ्गीतमा रुचि रहेको उनले बताएका छन् । 

नेपाल भाषाको चलचित्र ‘छंगु जिगु माया रतन’ बन्ने भएको छ । वितरक, हल सञ्चालक तथा फिल्म निर्माता गोपालकाजी कायस्थले चलचित्र निर्माण गर्न लागेका हुन् । सुरेन्द्र तुलाधरले निर्देशन गर्ने चलचित्रको घोषणा बिहीबार राजधानीमा एक कार्यक्रम बिच गरिएको थियो । सुखावती मल्टी प्रोडक्सनको ब्यानरमा बन्ने चलचित्र कथा पनि निर्देशक तुलाधर कै रहने छ । यसै चलचित्रबाट सरोज श्रेष्ठ र लजना महर्जनले डेब्यू गर्दै छन् ।

नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा

गायक अशोक दर्जी, एआर बुढाथोकी, टंक बुढाथोकी नयाँ गीत गीत लिएर आउँदै छन् । मङ्गलवार बसुन्धरास्थित पानस पार्टी प्यालेसमा गीतको भिडियोको छायाङ्कन सम्पन्न भयो । 'रातो गुलाब' बोलको गीतको भिडियोमा अभिनेता पल शाह र बिना राउत जोडीको रूपमा देखिनेछन् ।

रमित ढुङ्गाना निर्मित तथा अभिनीत फिल्म ‘बुद्ध वर्न इन नेपाल’ को सोमबार विशेष सो आयोजना गरिएको छ । काठमाण्डौंको वीग मुभिजमा आयोजित विशेष शोमा राजनीति र चलचित्र क्षेत्रका विभिन्न व्यक्तिहरूको उपस्थिति थियो । चार वर्ष अगाडि प्रदर्शनमा आएको चलचित्र हेर्न नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल उपस्थित थिए । एसिड पीडित मुस्कान खातुनको सहयोगार्थ ‘लाइन्स क्लब अफ काठमाडौँ’ ले च्यारिटी सो गरेको हो । विशेष शोबाट उठेको रकम मुस्कानको उपचारको लागि दिइने छ ।

चर्चित चलचित्र 'छक्का पन्जा' सिरिज को चौथो भाग बन्ने भएको छ । 'छक्का पन्जा ३' पछि ‘छ माया छपक्कै’ निर्माण गरेका दीपकराज गिरी र उनको टिमले फेरि ‘छक्का पन्जा’कै सिरिजलाई निरन्तरता दिने भएको हो । चलचित्रको निर्माण घोषणासँगै रिलिज मिति पनि तोकिएको छ । चलचित्र निर्माण टिमले चलचित्र दसैँको फूलपातीमा रिलिज हुने गरी चलचित्रको निर्माण गर्ने तयारी गर्दै छ ।

नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा

चलचित्र ‘गोपी’ युट्युबमा सार्वजनिक भएको छ । दीपेन्द्र लामाको निर्देशनमा बनेको यस चलचित्र सोमबार ओएस आर डिजिटलको  युट्युब च्यानलामा सार्वजनिक गरिएको हो । चलचित्रमा गोपीमा विपिन कार्की, वर्षा राउत र सुरक्षा पन्तको मुख्य भूमिका रहेको छ । एमए पढेर पनि गाई पालनमा होमिएका एक युवकको सङ्घर्ष कथा चलचित्रमा समेटिएको छ । 

काठमाडौँ जिल्ला अदालतबाट गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाह ढकालबिच सम्बन्ध विच्छेद भएको खबर बुधवार बाहिरियो । यसबारे अनेक विचार र समाचार बने उनीहरूले यो खबर झुटो भएको बताइरहेका छन् ।यसैबिच शनिवार भारतीय गायिका आशा भोस्ले सहित नेपाली गायक गायिकाको प्रस्तुति रहेको कार्यक्रममा गायक ढकाल उनकी श्रीमती र छोरी सहित कार्यक्रमका उपस्थित भएका थिए ।

निकेश खड्काको निर्देशनमा बन्दै गरेको चलचित्र ‘चपली हाइट ३’को छायाङ्कन सकिएको छ । काठमाडौँ वरिपरि खिचिएको यस चलचित्र ३२ दिनमा प्याक अप भएको हो । सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतीक श्रेष्ठलगायतका कलाकारको अभिनय रहने छ ।

नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा

वरिष्ठ कलाकार, निर्माता  तथा  बोर्डका अध्यक्ष स्व । केशव भट्टराईको शुक्रवार १३ औ दिनको पुण्य तिथि परेको थियो । शुक्रवार उनी सहित दिवङ्गत वरिष्ठ हास्य कलाकार आनन्द थापा र वरिष्ठ कलाकार दीपक क्षेत्री प्रति श्रद्धाञ्जली अर्पण गरियो । अपराह्न चलचित्र विकास बोर्ड, चाबहिलमा श्रद्धाञ्जली अर्पणको कार्यक्रम राखिएको थियो । कार्यक्रममा कलाकार तथा सञ्चार कर्मीको बाक्लो उपस्थिति रहेको थियो ।   

साधना कला केन्द्रको आयोजनमा शनिवार राजधानीमा एक सम्झन योग्य साङ्गीतिक कार्यक्रम सम्पन्न भयो । यसै कार्यक्रमका लागी नेपाल आएकी भारतीय गायिका आशा भोस्लेका साथमा नेपाली कलाकारले पनि साङ्गीतिक प्रस्तुति दिए । कार्यक्रम हेर्न दर्शकको भिड नै लागेको थियो ।

भारतकी प्रसिद्ध गायिका आशा भोस्ले बुधवार अपराह्न काठमाडौँ आइपुगेकी थिइन् । साधना कला केन्द्रको निमन्त्रणामा उनी नेपाल आएकी उनले शनिवार सङ्गीतकार रणजीत गजमेरको सङ्गीत रहेका केही गीत प्रस्तुत गरिन् ।  

नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा

गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाह ढकालबिच सम्बन्ध विच्छेद भएको खबर बाहिरिएको छ । बुधवार जिल्ला अदालत काठमाडौँमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबिच सम्बन्ध विच्छेद भएको भनिएको छ । निलमले मङ्गलवार मात्र उनीहरूले सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएको जिल्ला अदालत काठमाडौँका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले बताएका थिए । यद्धपी ढकाल दम्पतीले यो कुरा स्वीकार गरेको छैन ।  

नायिका विनीता बराललाई पुत्री लाभ भएको छ । गएको दसैँमा आफू गर्भवती भएको भन्दै शुभचिन्तकमाझ खुसी साटेकी ‘चपली हाइट’ अभिनेत्रीले अमेरिकामा छोरीलाई जन्म दिएकी हुन् । बरालले क्रिसमस डेको अघिल्लो दिन (मंगलबार) छोरीलाई जन्म दिएकी हुन् सामाजिक सञ्जालमा उनी आफैले आमा बनेको खुसी साटेकी छिन् । 

नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा