पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह र रेविका गुरुङको मुख्य भूमिका रहेको चलचित्र ‘मारूनी’ अस्ट्रेलियामा प्रदर्शन गरिएको छ । शुक्रवार साँझ अस्ट्रेलिया सिड्नीको सिभिक थिएटरमा चलचित्र प्रदर्शन गरिएको थियो । चलचित्र प्रदर्शनकै लागी नायक पुष्प खड्का र निर्मात्री पुनम गौतम सिड्नी पुगेका थिए । निर्मात्री पुनमका अनुसार चलचित्र हेर्न आउने दर्शकको सङ्ख्या निकै उत्साहजनक रहेको थियो । चलचित्र हेरेका दर्शकले चलचित्रलाई निकै रुचाएको र दर्शकको उत्साहजनक उपस्थितिले अन्य दुई सो थप्ने पक्षमा आयोजक रहेको निर्मात्री गौतमले बताइन् । अस्ट्रेलियाको अन्य सहरमा पनि चलचित्र प्रदर्शन आयोजना गरिएको छ । नवल नेपाल निर्देशित चलचित्रले तेस्रो लिङ्गीको कथा बोकेको छ । गत तीजको अवसर पारेर प्रदर्शनमा आएको चलचित्रलाई दर्शकले रुचाए पनि सोचे अनुरूपको व्यापार गर्न भने सफल भएको थिएन ।