गायक उदित नारायण झाको नयाँ गीत सार्वजनिक भएको छ । नेपाली तथा भारतीय गीत सङ्गीतमा चर्चाको शिखरमा रहेका झाको ‘कहिले माया’ बोलको गीत सार्वजनिक भएको हो । उनले लामो समयपछि नेपाली गीतमा स्वर दिएका हुन् । रोमान्टिक जनरामा बनेको गीतमा साजन कट्टेल र मिनाक्षी महत्रा फिचर्ड छन् । विद्या प्रसाद घिमिरेको शब्द रहेको गीतमा मनोज सिंहले शब्द भरेका छन् । राम कुमार केसीले खिचेको म्युजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् । सम्मान चौलागाईंले निर्माण गरेको म्युजिक भिडियोलाई सुरेन्द्र बसेलले निर्देशन गरेका हुन् ।