एक समय खुबै रुचाइएका अभिनेता राजबल्लभ कोइराला पिता बन्दै छन् । दुई वर्ष अघि उनले प्रतिमा बिमलीसँग विवाह गरेका थिए । आइतबार उनले सामाजिक सञ्जालमा श्रीमतीको बेबी बम्पसहितका केही तस्बिर साझेदार गरेका छन् जसमा उनले उनले आफू छोरीको पिता बन्न लागेको पनि उदृत गरेका छन् । आठ वर्ष अघि चलचित्रको लागी भन्दै अमेरिका हान्नीएका उनी नेपाल फर्केका छैनन् ।
उनले उतै लामो समयदेखि अमेरिकामा बस्दै आएकी बिमलीसँग लगन गाँठो कसे । ‘सम्झी दिए पुग्छ’, ‘पहिलो पहिलो माया’, ‘पर्खि बसे’, ‘छोडी गए पाप लाग्ला’, ‘फूल’ लगायत उनका हिट चलचित्र हुन् । एक पछि अर्को चलचित्र असफल भए पछि उनले पलायनको बाटो रोजेका हुन् ।