निर्माणाधीन चलचित्र ‘चपली हाइट ३’को भर्खरै छायाङ्कन सम्पन्न भएको छ । केही दिन अघि निर्माण टिमले आधिकारिक रूपमै चलचित्रको छायाङ्कन सकिएको जानकारी दिएको थियो । काठमाडौँ वरिपरि खिचिएको यस चलचित्र ३२ दिनमा प्याक अप भएको हो । चलचित्रको पोस्ट प्रोडक्सनको काम भइरहेका बेला चलचित्रका निर्माता अर्जुन कुमार, अभिनेत्री स्वस्तिमा खड्का र कलाकार आमिर गौतमको मनकामना दर्शक गर्न पुगेका छन् । चलचित्र सफल होस् भन्ने कामना गर्न उनीहरू मनकामना पुगेका हुन् । चलचित्रको सफलताका लागि पूजा गर्न मनकामना पुग्ने चलचित्रको टिम यो मात्र होइन । यस अघि पनि थुप्रै निर्माता निर्देशक, कलाकारको साथमा मनकामना दर्शनको लागी पुग्दै आएका छन् ।
उसो त चलचित्रकी मुख्य अभिनेत्री स्वस्तिमाको लागी यो चलचित्र चल्नै पर्ने दबाब पनि छ । यस वर्ष उनका लगातार दुई चलचित्र असफल भए उनले यस चलचित्रबाट धेरै आशा राखेकी छिन् । चैत्र २८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘चपली हाइट ३’मा स्वस्तिमा खड्का, अर्पण थापा, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतीक श्रेष्ठलगायतका कलाकारको अभिनय रहने छ । सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको चलचित्र अर्जुन कुमार फिल्मस् प्रोडक्सनको ब्यानरमा बनेको हो ।