चर्चित हास्य कलाकार राजाराम पौडेलको आज जन्मदिन परेको छ । २०१३ पुस १२ गते काठमाडौँको नक्साल नाग पोखरीमा जन्मिएका उनी आजबाट ६३ वर्षमा टेकेका छन् । चलचित्र 'वासुदेव' बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका उनले सयौँ चलचित्रमा काम गरिसकेका छन् । भने दुई दर्जन भन्दा बढी टेलिफिल्ममा काम गरिसकेका छन् । उनको अभिनय र उनको व्यक्तित्वले नेपाली चलचित्र क्षेत्रमा उनलाई दिइने सम्मान निकै उच्च छ । पछिल्लो समय चलचित्रमा व्यस्त हास्य कलाकार हुन् । उनी विशेषतः नेपाल टेलिभिजनबाट महका शृङ्खला आउँदा बढी चर्चित थिए । त्योभन्दा बढी चर्चा उनलाई जिरे खुर्सानीले दियो । जिरे खुर्सानी झन्डै एक दशक एनटीभीमा प्रसारण भएको चर्चित हास्यश्रृंखला हो । शिवहरि र जितु नेपाल यसका निर्देशक थिए । यही शृङ्खलाबाट पौडेल सबै दर्शकको मन–मनमा बस्न सफल भए । राजाराम पौडेललाई जन्म दिनको शुभकामना !!