नायक अनमोल केसी यति बेला चलचित्र ‘कृ’ सुटिङमा व्यस्त छन् । लामो समयको वर्कसप पछि ‘कृ’फ्लोरमा गएको हो । अभिनेता भुवन केसीको अनुसार चलचित्रको ६५ प्रतिशत छायाङ्कन सकिसकेको छ । भक्त्तपुर लगायत काठमाडौँको विभिन्न स्थानमा छायाङ्कन भइरहेको ‘कृ’ यस वर्षको प्रतिक्षित चलचित्रको रूपमा रहेको छ ।
केही दिन अघि पहिलो पोस्टर सार्वजनिक गरेसँगै अनमोलको लुक्सले चलचित्र प्रति कौतुहलता अझ बढाएको छ । यसै बिच अनमोलले आफ्नो इन्टाग्राम मार्फत ‘कृ’को केही तस्बिरहरू सार्वजनिक गरेका छन् ।
सुरेन्द्र पौडेलको निर्देशन, भुवन केसी र सुवास गिरीको निर्माण रहेको चलचित्रमा अनमोल केसीको साथमा नव नायिका अदिथि बुढाथोकीको मुख्य भूमिका रहेको छ ।