गायक प्रताप दास र पूजा केप्छाकी मगरको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रम बिच 'यात्रा' बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । सत्यराज एसारसीको शब्द र सरोज पोखरेलको सङ्गीत रहेको गीतमा उदयराज पौडेलको सङ्गीत संयोजन रहेको छ । सुरेन्द्र बसेलले निर्देशन र कोरियोग्राफी गरेको गीत को भिडियोमा करुणा श्रेष्ठ र प्रकाश राम दाम फिचर्ड छन् । बुद्ध थापाले छायाङ्कन गरेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका हुन् । मुस्ताङको रमणीय दृश्यहरू कैद गरिएको भिडियोमा सुरेश काफ्लेले ड्रोन अपरेट गरेका छन् । गीत ओएसआर डिजिटल युट्युब मार्फत सार्वजनिक गरिएको छ । गीतलाई लिएर गायक दासले विगतका गीत झैँ यो गीतलाई पनि दर्शक तथा श्रोताले साथ दिने विश्वास व्यक्त गरे ।