अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको चलचित्र 'बुलबुल' फोपी एपमा सार्वजनिक भएको छ । गत वर्ष सार्वजनिक भएको सफल चलचित्र नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको हो । अब यस चलचित्रको प्रतीक्षा गरिरहेका दर्शकले अब यस चलचित्र मोबाइलमै हेर्न पाउने भएका छन् । चलचित्र हेर्न ५० रुपैयाँ मात्र तिर्नु पर्नेछ । चलचित्र हेर्नको लागी पैसा तिर्न नेपाल टेलिकम वा एनसेलको ब्यालेन्स वा इसेवाबाट तिर्न सकिन्छ । विनोद पौडेल निर्देशित चलचित्रमा स्वस्तिमाको अलावा मुकुन भुसाल , बुद्धि तामाङ, लक्ष्मी बर्देवा, उज्ज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्की लगायतको मुख्य भूमिका रहेको छ। सुसन प्रजापतिको छायाङ्कन रहेको चलचित्रलाई विनोद पौडेलले लेखेका हुन् । चलचित्रमा पुरुषोत्तम पाण्डे, अविरल थापा, भीम थापा र राजु पौडेलको संयुक्त लगानी रहेको छ । राम राजा दाहाल चलचित्रका कार्यकारी निर्माता हुन् ।