गायन रियालिटी शो वाइ वाइ 'नेपाल स्टार' को अडिसन सुरु हुने भएको छ । नेपाली गायन रियालिटी शोमा आफ्नो पन भित्र्याउने लक्ष सहित सुरु गर्न लागिएको नेपाल स्टारको पहिलो अडिसन बुटवालामा हुने भएको छ । कि इन्टरटेनमेन्टको प्रस्तुति र कि एड्भरटाइजिंगको बजार व्यवस्थापनमा नेपाल टेलिभिजनबाट प्रसारण हुने शोमा नेपाली सुगम गीत सङ्गीतका तीन हस्ती आलोक श्री, गायक रामकृष्ण ढकाल र गायिका अन्जु पन्त निर्णायकको रूपमा रहने छन् । कार्यक्रमका होस्ट मित्र संजोक बस्याल रहने छन् । बुटवल अडिसन यही पौष १९ २०७६ शनिवार कालिका मानव ज्ञान विद्यालयको प्राङ्गणमा १०:०० देखी ५:०० बजेसम्म अडिसन सञ्चालन हुने छ । यसै गरी नेपाल स्टारमा सहभागी हुन चाहनेले सहभागीको फारम, उमेर खुल्ने परिचयपत्र(नागरिकता अथवा लाइसेन्स) र २ प्रति पासपोर्ट साइज फोटो पेस गर्नु पर्नेछ । अडिसन देशका विभिन्न स्थानमा आयोजना हुनेछ ।