कुनै समय नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेका अभिनेता बिराज भट्टको नयाँ चलचित्र ‘साङ्लो’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार राजधानीको एक सिनेमा हलमा चलचित्रको कलाकार र संचारकर्मीबिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो । बिराज भट्टको निर्माण, निर्देशन र अभिनय रहेको चलचित्रको ट्रेलरमा किड्नी तस्करीको कथालाई उठाइएको छ । ट्रेलरमा अभिनेताको भट्टको धमधार एक्सनलाई समावेश गरिएको छ । साङ्लोमा अभिनेता भट्टको अपोजिट पुर्व मिस नेपाल निकिता चाण्डक देखिएकी छिन् । केहि समय अघि सार्वजनिक भएको साङ्लोको गीत ‘चरीले काफल’ मा निकिताको अभिनय र नृत्यको तारिफ भएको थियो ।

ट्रेलरमा उनी बिराजको प्रेमिकाको रुपमा प्रस्तुत छिन् । उनको यो डेव्यु चलचित्र हो । साङ्लो फिल्मबाट डेव्यु गर्न पाउदा आफु निकै भाग्यमानी रहेको उनी सुनाउछिन् । चलचित्रमा बिराज र निकिताको साथमा प्रकाश शाह र कामेश्वर चौराशियाको मुख्य भूमिका रहेको छ । चलचित्रलाई शिवम अधिकारीले लेखेका हुन् । यस चलचित्रमा श्री श्रेष्ठको रहेको छ भने अर्जुन जिसीको सम्पादन रहेको छ । मानकृष्ण महर्जनको छायाँकन रहेको चलचित्र आँउदो माघ २४ गते प्रदर्शन हुदैँछ ।