एक समय ‘एक्सन स्टार’ को रूपमा सर्वाधिक रुचाइएका अभिनेता बिराज भट्ट ब्याक भएका छन् । भोजपुरी चलचित्र लामो समय बिताएका उनले ४ वर्ष अगाडि रोज राणा निर्देशित फिल्म ‘जय परशुराम’ बाट नेपाली फिल्म इन्डस्ट्रीमा पुनः हात हालेका थिए । चार वर्ष पछि भट्टको नयाँ चलचित्र ‘साङ्लो’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार राजधानीको एक सिनेमा हलमा चलचित्रको कलाकार र सञ्चार कर्मीबिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो । साङ्लोमा अभिनेता भट्टको अपोजिट पूर्व मिस नेपाल निकिता चाण्डक देखिएकी छिन् ।

विराजको आफ्नै निर्माण, अभिनय र निर्देशनमा फिल्म ‘साङ्लो’ माघ २४ गतेबाट प्रदर्शन हुने छ । चलचित्रकी मुख्य नायिका निकिताले आफूले विराजको चलचित्रबाट डेब्यु गर्न पाउँदा निकै खुसी भएको बताएकी छिन् । चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा उद्घोषक नरेश भट्टराईले विराजलाई बाघको उपनाम दिइँदै प्रशंसा गरे । यसै प्रसङ्गमा उनलाई ‘बाघ फर्किएकै हो त ?’ भन्ने प्रश्न गरियो जसको जवाफमा विराजले 'बाघ कहाँ गएको थियो र फर्किनलाई ? बाघ जङ्गलभन्दा बाहिर गएको थिएन' भन्दै जवाफ दिए । उनले बाघले सिकार गर्नका लागि केही समय जङ्गल परिवर्तन गरेको समेत बताए ।

बाघ अभिनेता विराजको कमब्याक मिस नेपालसँग बाघ अभिनेता विराजको कमब्याक मिस नेपालसँग बाघ अभिनेता विराजको कमब्याक मिस नेपालसँग

साथमा ट्रेलर रिलिज कार्यक्रममा वरिष्ठ गायक तथा कलाकार जयनन्द लामाले अभिनेता बिराज भट्टलाई ‘महान् कलाकार’ को रूपमा सम्बोधन गरे । साथै ‘बिराज भट्ट जस्तो ‘महान् कलाकार’ सँग ‘साङ्लो’ मा काम गर्न पाउँदा निकै खुसी भएको पनि भने ।

बाघ अभिनेता विराजको कमब्याक मिस नेपालसँग बाघ अभिनेता विराजको कमब्याक मिस नेपालसँग बाघ अभिनेता विराजको कमब्याक मिस नेपालसँग