नायिका ऋचा शर्माकी आमाको निधन भएको छ । आमा रिनादेवी शर्माको ६७ वर्षको उमेरमा रिनादेवीको निधन भएको हो । लामो समय देखी अस्वस्थ्य उनको गए राती निधन भएको हो । केही हप्ता अघि दिपेक्ष विक्रम रानासँग बिहे बन्धनमा बाँधिएकी उनको विवाहको समयमा पनि आमा बिरामी नै रहेको ॠचाले बताएकी थिइन् । साथै विवाह पछि पनि आमाको स्वास्थ्य स्थितिले घर भन्दा बडी माइती र अस्पतालमै बसेको बताएकी थिइन् ।