‘सिजी कामना फिल्म अवार्ड’ को पाँचौँ संस्करण सम्पन्न भएको छ । शनिवार ललितपुरमा आयोजना भएको अवार्ड कार्यक्रममा चलचित्र कर्मीहरूको उपस्थिति बाक्लो थियो । चलचित्र ‘प्रसाद’ ले प्रमुख विधामा अवार्डमा पाँच विधामा अवार्ड जितेको छ । स्वस्तिमा खड्काले पब्लिक च्वाईस​ अवार्ड पाइन् भने ‘साइँली’ बाट द​याहाङ​ राईले स​ह​-अभिनेताको अवार्ड हात पारे । सह-अभिनेत्रीको अवार्ड प्रियंका कार्कीलाई ‘नाइँ नभन्नू ल ५’को लागी दिइयो ।  ‘ए मेरो हजुर ३’ बाट सुहाना थापा नव-अभिनेत्रीको अवार्ड तथा ‘बोबी’ बाट उमेश​ थापा नव-नायकले पाए । चलचित्र क्षेत्रलाई नै योगदान दिने दुई चलचित्र कर्मीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ ।

कलाकार नीर शाह र प्राविधिक सन्तु तामाङलाई यो अवार्ड प्रदान गरिएको हो । समारोहमा ‘पुष्करलाल मिडिया अवार्ड’ बाट आर । के मानन्धरलाई सम्मानित गरियो । कार्यक्रममा नायिका करिश्मा मानन्धर, पूजा शर्मा, स्वस्तिमा खड्का, सुहाना थापा, मेनुका प्रधान, निर्देशक दीपाश्री निरौला, झरना थापा, दिवाकर भट्टराई, केदार घिमिरे, जितु नेपाल, नायक भुवन केसी,  रमेश उप्रेती, धिरेन शाक्य, पल शाह, गौरव पहारी, प्रशान्त ताम्राकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नायक राजेश हमाल, गौरी मल्ल लगायतले गरेका थिए ।

अवार्ड विजेताको सुची यस प्रकार रहेको छ ।  
फिल्म​ : प्र​साद
निर्देश​क : दिनेश​ राउत​ (प्र​साद​)
अभिनेता : विपिन​ कार्की (प्र​साद​)
अभिनेत्री : न​म्र​ता श्रेष्ठ​ (प्र​साद​)
काम​ना प​ब्लिक च्वाईस​ अवार्ड​ : स्व​स्तिमा ख​ड्का
स​ह​-अभिनेता : द​याहाङ राई (साइँली)
स​ह​-अभिनेत्री : प्रियंका कार्की (नाइँ न​भ​नू ल​ ५)
डेब्यू नाय​क : उमेश​ थापा (बोबी)
डेब्यू नायिका : सुहाना थापा (ए मेरो ह​जुर ३)
सिजी क्रिटिक्स​ अवार्ड​ थिएट​र : सिर्ज​ना सुब्बा
सिजी क्रिटिक्स​ अवार्ड​ फेश​न​ : ज्ञानी शोभा तुलाधार​
सिजी क्रिटिक्स​ अवार्ड​ संगीत​ : न्ह्यु ब​ज्राचार्य​
काम​ना जुरी अवार्ड​ : ह​री
कथाकार : ख​गेन्द्र​ लामिछाने (ड​म​रुको ड​ण्डीबियो) 
डेब्यू निर्देश​क : छेतेन​ गुरुङ (ड​म​रुको ड​ण्डीबियो)
ख​ल​पात्र​ : प्र​मोढ​ अग्र​ह​री (कथा काठ​माण्डु)
स​म्पाद​क : निमेष​ श्रेष्ठ​ (ड​म​रुको ड​ण्डीबियो)
प​ट​कथा​ : शुशिल​ पौडेल​ (प्र​साद​)
संवाद : दीप​कराज​ गिरी (छ​क्का प​ञ्जा ३)
हाँस्य​ कलाकार​ : केदार​ घिमिरे (छ​क्का प​ञ्जा ३)
बाल​ कलाकार​ : सेड्रिना श​र्मा (नाइँ न​भ​नू ल​ ५)
कोरियोग्राफ​र​ : कविराज​ ग​ह​त​राज​ (छ​क्का प​ञ्जा ३)
द्व​न्द्व​ निर्देश​क ​: शुक्र​राज​ शाह​ (भिलेन​)
पाश्र्व​ संगीत​ : एलिश​ कार्की (ड​म​रुको ड​ण्डीबियो)
संगीत​कार​ : ब​स​न्त​ साप​कोटा (नाई न​भ​नु ल​ ५)
गीत​कार​ : दिनेश​ थ​प​लिया - तिम्रो आँखामा (नाइँ नभन्नू ल​ ५)
गाय​क : हेम​न्त​ राना म​ग​र​ (साइँली)
गायिका : अन्जु प​न्त​ - सँग​सँगै (बाँध​ मायाले)
सिनेमाटोग्राफ​र​ : पुरुषोत्त​म​ प्र​धान​ (नाइँ न​भ​न्नू ल​ ५)
ध्व​नी मिश्र​ण​ : सुन​य​मान​ श्रेष्ठ​ (छ​क्का प​ञ्जा ३)
श्र​ङ्गार​ : श्याम​ लामा (च​क्कर​)
लाईफ​टाईम​ एचिभ​मेन्ट​ अवार्ड​ कला : नीर​ शाह​
लाईफ​टाईम​ एचिभ​मेन्ट​ अवार्ड​ प्राविधिक : स​न्तु तामाङ​