शनिवार आयोजना भएको ‘कामना फिल्म अवार्ड’को पाँचौँ संकरणमा फिल्म ‘प्रसाद’ले उत्कृष्ट फिल्म, पटकथा, अभिनेता, अभिनेत्री र निर्देशन गरी पाँच विधामा अवार्ड जित्न सफल भएको छ । यो वर्षको उत्कृष्ट चलचित्र 'प्रसाद' बन्यो भने दिनेश राउत ‘उत्कृष्ट निर्देशक’, नम्रता श्रेष्ठ ‘उत्कृष्ट नायिका’, विपिन कार्की ‘उत्कृष्ट नायक’, सुशील पौडेल ‘उत्कृष्ट पटकथाकार’को अवार्ड पाएका छन् । पाँच वटा अवार्ड जितेको चलचित्रको तर्फबाट अवार्ड उचाल्न अभिनेता विपिन कार्की, अभिनेत्री नम्रता श्रेष्ठ र निर्देशक दिनेश राउत कार्यक्रममा उपस्थित थिएनन् । उल्लेख्य सङ्ख्यामा कलाकारको उपस्थिति रहेको समारोहमा उत्कृष्ट चलचित्र तथा निर्देशक कलाकार लगायत विधामा अवार्ड पाएको चलचित्रका प्रतिनिधि अवार्ड थाप्न स्टेजमा नपुग्दा सबैका आँखाले उनीहरूलाई नै खोजिरहेका थिए ।