सन् २०१९ को सफल चलचित्र 'वार'मा देखिएकी बलिउड वाणी कपूर सामाजिक सञ्जालमा अपडेटेड छिन् । उनी आफ्ना क्रियाकलाप हरू सामाजिक सञ्जालमा साझेदारी गरिरहन्छिन् । यसै क्रममा उनले एक तस्बिर इन्स्टाग्राममा सेयर गरेकी थिइन् । उनले 'मिरर सेल्फी'मा उनको स्टाइलिस लुकसहित आकर्षक शरीर देखिएको तस्बिर पोस्ट गरेकी थिइन् । जसलाई एक इन्स्टाग्राम प्रयोगकर्ताले ट्रोल बनाउने कोसिस गरेका छन् । प्रयोगकर्ताले उनलाई मजाक गर्दै  'कुपोषणको सिकार भएको हो ?' भन्ने कमेन्ट गरेका थिए ।

ट्रोलरलाई उत्पादनशील हुन वाणीको सुझाब

सो कमेन्टमा वाणीले रिप्लाई दिँदै लेखेकी छिन्, 'तपाई जीवनमा कुनै उत्पादनशील काम किन खोज्नु हुन्न ? कृपया आफैँप्रति यति कठोर हुन रोक्नुहोस्, जीवन यो भन्दा धेरै उत्तम छ । । घृणा परिवर्तित गर्न बन्द गर्नुस् ।' यति बेला उनी चलचित्र 'शमशेरा'को सुटिङमा व्यस्त छिन् । जसमा उनले रणवीर कपूरसँग स्क्रिन सेयर गर्ने छिन् । यो फिल्म २०२० को अन्ततिर रिलिज हुनेछ ।