हाल अमेरिकामा रहेका नायक जीवन लुइटेल अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।गायिका आस्था राउतको आवाजमा रहेको ‘चोखो छ माया’ बोलको उक्त गीत हालै सार्वजनिक भएको हो । भिडियोलाई श्याम भट्टराइले निर्देशन गरेका छन् भने अमेरिकामा नै रह“दै आएकी हिरा मैनालीले मोडलिङ गरेकी छिन् । भिडियोमा अमेरिकाको रमणिय दृश्यलाई कैद गरिएको छ ।

 

गीतमा हरि लम्सालको संगीत, गोविन्द प्रसाद उपाध्यायको शब्द छ । भिडियोमा अनुप गिरीको छायांकन तथा सम्पादन छ । गीतमा एक यूवतीले एक यूवकप्रति देखाएको चोखो मायाको भावलाई व्यक्त गरिएको छ ।