अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी सुहाना थापाले आमा झरनाद्वारा निर्देशित चलचित्र 'ए मेरो हजुर ३' बाट डेब्यु गरिन् । उनले अभिनेता अनमोल केसीसँग स्क्रिन सेयर गरिन् । सुहानाको डेब्यु चलचित्रलाई नै दर्शकले निकै मन पराए र उनलाई सम्भावना भएकी नायिकाको रूपमा स्थापित गरिदियो । 'ए मेरो हजुर ३'बाट दर्शकको अपार माया पाएपछि झरनाले चलचित्र 'ए मेरो हजुर ४' को निर्माण गर्ने भएकी छिन । जसको लागी अनमोल र सुहाना फाइनल भैसकेका छन् । चलचित्रको लागि अमेरिकामा अध्ययनरत सुहाना नेपाल आइसकेकी छन् । नेपाल ओर्लिएकै दिन उनले ‘कामना अवार्ड’ को पाँचौँ संस्करणमा ‘ए मेरो हजुर ३’ बाट नव-अभिनेत्रीको अवार्ड समेत जित्न सफल भइन् । यति बेला चलचित्रको पोस्ट प्रोडक्सनको काम भइरहेको छ । यसै बिच निर्देशक झरना थापाले सोमवार सुहानाको र अनमोलले भेट गरेका छन् ।

उनीहरूको भेटको तस्बिर झरनाले आफ्नो आधिकारिक फेसबुकमा साझेदार गरेकी छिन् । तस्बिरसँगै उनले गीतको केही हरफ राख्दै चलचित्रको अनौपचारिक घोषणा गरेकी छिन् । उनले लेखेकी छिन्, ‘आऊ हात समाइ भागौँ. ध्रुव तारापछि जाऊँ, तिमी र म, आकाशमै आऊ हराऊँ, बादलको पारी जाऊँ, तिमी र म ‘ए मेरो हजुर ४’ । सुहाना फिल्मस्को ब्यानरमा सुनिल कुमार थापाले निर्माण गर्ने फिल्मको अहिले स्क्रिप्टलाई अन्तिम रूप दिने काम भइरहेको बताइएको छ । फिल्मको कथा अघिल्लो शृङ्खलाभन्दा फरक हुने बताइएको छ । आगामी माघबाट छायाङ्कन सुरु गरिने चलचित्र अर्को वर्षको दसैँको छेकोमा प्रदर्शन हुने सम्भावना रहेको छ ।