गत मङ्सिर २८ गते बुढानीलकण्ठमा कारले ठक्कर दिँदा पैदल यात्रा गरिरहेकी गोरखा घर भएकी लीला देवकोटाको मृत्यु भएको थियो । कारमा चार जना सवार थिए जसमा अभिनेत्री परमिता राणा पनि थिइन् । तर घटना घटेको करिब एक महिनासम्म उनले कतै यस विषयमा बोलेकी थिइनन् । यो कुरा मिडियामा पनि त्यति छाएन उनको नाम कता कतै मात्रै मुछिएको थियो । तर सामाजिक सञ्जालमा उनको निकै विरोध भयो र उनी आलोचित भइन् । बुधवार बिहानको साढे दुई बजे उनले यस बारे सम्पूर्ण घटना उल्लेख गर्दै आफ्नो सामाजिक सञ्जालमा मुख खोलेकी छिन् । दुर्घटनाको समयमा चार जना यात्रु रहेको बताइएको थियो । जसमा चालक पृथ्वी मल्ल, यात्रुहरूमा करिश मास्के र एलिना थापाको नाम प्रहरीले खुलाएको थियो । चौथो यात्रु को थिए भन्ने बारे चाहिँ प्रहरी आधिकारिक रूपमा मौन थियो ।

कार दुर्घटना बारे गल्ती स्वीकार्दै परमिता राणा  कार दुर्घटना बारे गल्ती स्वीकार्दै परमिता राणा

सामाजिक सञ्जालमा भने चौथो यात्रु परमिता राणा नै रहेको चर्चा परिचर्चा भइरहेको थियो । एक महिनासम्म मौन रहेकी उनले आफूले बल्ल यो कुरा खुलासा गर्ने हिम्मत जुटाएको भन्दै भन्दै उक्त घटनामा माफी मागेकी छिन् । उनी लेख्छिन्, 'चार जना मानिसले लिएको एक निर्णयले एक निर्दोषको ज्यान गयो, यो सत्य नहोस् र सपना मात्र होस् भन्ने कामना गरे पनि उक्त कार भित्र म पनि एक यात्रु थिएँ । अब म कहिल्यै पहिलेको जस्तो व्यक्ति हुन सक्दिनँ । माफी माग्नमा ढिलाइ गरेकोमा मनदेखि माफी क्षमा चाहन्छु । मप्रति जनताले देखाएको आक्रोशलाई बुझ्छु ।’ घटनाको समय के भएको थियो लगायत आफूले अनुभव गरेका सबै कुरा उनले निकै भावुक हुँदै लेखेकी छिन् ।  

जे भए पनि आफू अन्त्यमा सामान्य मानिस भएको र आफूलाई पनि डर लाग्ने बताएकी छिन् । दुर्घटना भएपछि आफूलाई के गर्ने थाहा नभएको र केही समय कारभित्रै स्तब्ध भएको बसेको र पछि साथीहरूले कारबाट तानेर ‘यहाँ बाट जाऊ’ भनेर भनेको पनि बताएकी छिन् । केही समय आफू बाटो पारी सडकको पेटीमा बसेको र स्थानीयहरूले सोध्दा आफू पनि कारमा रहेको भनेर खुलाएको बताएकी छिन् । घटना पछि आफू प्रति आएको घृणाले कति पटक आत्महत्याको सोच आएको र त्यसलाई जित्न मन पर्ने ठुलो सङ्गीत भएको स्थानमा नाच्न जाने गरेको बताएकी छिन् । साथै उनले रमाइलोको लागी राती बसेर रक्सी पिउनेहरूलाई पनि सुझाव दिएकी छिन् ।

कार दुर्घटना बारे गल्ती स्वीकार्दै परमिता राणा