'मेरो डान्स कप'को चौथो संस्करण र 'मेरो भ्वाईस कप'को दोस्रो संस्करणको उद्घाटन भएको छ । अमेरिकाको ओहायो राज्य स्थित एक्रोनमा दुई रियालिटी शोको उद्घाटन भएको हो । आयोजक ईन्ट्रानेसनल वेल फेयर एन्ड सपोर्ट फाउन्डेसन अमेरिकाका प्रमुख कार्यकारी अधिकारी (सिइओ )डिल्ली अधिकारी, वरिष्ठ लोकगायक प्रेमराजा महत तथा नायिका केकी अधिकारीले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए । समारोहमा एक्रोन स्थित कायाहोगा फल्सका मेयर डन वाल्टर्स, कार्यक्रम निर्देशक मणि राई, आयोजक गोपाल धिताल लगायतले मन्तव्य राखेका थिए । यसै गरी विश्वभर छरिएर रहेका नेपाली भाषी तथा नेपालीहरूलाई जोड्ने बृहत् अभियानसँगै नेपाली कला संस्कृतिको जगेर्ना गर्न आफू र आफ्नो संस्थाले यो अभियान थालेको कार्यक्रम प्रमुख डिल्ली अधिकारीले जानकारी गराए ।

कलाकार, स्थानीय कलाकार र मेरो डान्स कप तथा मेरो भ्वाईस कप युएसएका विगतका सिजनका विजेता कलाकारहरूले कार्यक्रममा प्रस्तुति देखाएका थिए ।अमेरिकाका विभिन्न राज्यहरूमा बसोबास गरिरहेका कलाकारहरू, नेपालबाट आएका उद्घाटन समारोहमा गायक प्रकाश श्रेष्ठ, वरिष्ठ लोक गायक द्वय प्रेम राजा महत तथा नवीन कुमार खड्का, नायक दिलीप रायमाझी, सुशील छेत्री, मुकेश ढकाल, गायिका सपना श्री अन्जु पन्त, नायिका सारंगा श्रेष्ठ, पूजा चन्द, मेलिना मानन्धर, अरुणिमा लम्साल, केकी अधिकारी, गायक शिव परियार, जगदीश समाल, बाबु बोगटी, महेश थुलुङ, किशोर सिवाकोटी, किरण गजमेर राजु लामा (द एन्जलस), हास्य व्यङ्ग्य कलाकार सन्दीप क्षेत्री लगायतले प्रस्तुति दिएका थिए ।

अमेरिकामा 'मेरो डान्स कप' र 'मेरो भ्वाईस कप'को उद्घाटन अमेरिकामा 'मेरो डान्स कप' र 'मेरो भ्वाईस कप'को उद्घाटन अमेरिकामा 'मेरो डान्स कप' र 'मेरो भ्वाईस कप'को उद्घाटन

 कार्यक्रममा करिब पन्ध्र सय दर्शकको उपस्थिति रहेको थियो । करिब ८ घण्टा सम्म चलेको सो कार्यक्रम सँगै 'मेरो डान्स कप' चौथो संस्करण र 'मेरो भ्वाईस कप' दोस्रो संस्करणमा सहभागीताका लागि फर्म पनि खुल्ला गरिएको छ । अमेरिका र क्यानडामा बसोबास गर्ने नेपाली भाषीहरूले यी प्रतियोगिताहरूमा भाग लिन पाउने छन् । विजेतालाई टोयोटा कार, सुनको कपसँगै थुप्रै आकर्षक पुरस्कारहरू प्रदान गरिने आयोजक टिमका सदस्य नायक दिलीप रायमाझीले जानकारी गराए । 

अमेरिकामा 'मेरो डान्स कप' र 'मेरो भ्वाईस कप'को उद्घाटन अमेरिकामा 'मेरो डान्स कप' र 'मेरो भ्वाईस कप'को उद्घाटन अमेरिकामा 'मेरो डान्स कप' र 'मेरो भ्वाईस कप'को उद्घाटन