नेपाली सिनेनगरीमा सफल निर्माताका रुपमा परिचित नाम हो सुनिल रावल । आफुले गरेका हरेक चलचित्रलाई स्मरणीय बनाउनमा खप्पिस् छन् सुनिल, चाहें त्यो ‘सायद’ होस् ‘होस्टेल’ या त ‘होस्टेल रिटर्न्स’ । उनले सबै चलचित्रबाट नाम र दाम दुवै कमाएका छन् । यहि क्रममा उनको चौथो चलचित्र प्रर्दशनको संघारमा रहेको छ 'सायद २' । चलचित्र 'सायद २'यहि असार ३० गतेबाट प्रर्दशन हुँदैछ । यस चलचित्रबाट पनि आफ्नो सफलताको यात्रा कायम रहनेमा ढुक्क रहेको कुरा उनले सिनेपाटीसंगको कुराकानीका क्रममा बताए ।
सबै जसो नयाँ कलाकार छन् नी भन्ने हाम्रो प्रश्नमा उनले यस अघिका सबै चलचित्रबाट नयाँ कलाकारलाई नै स्थापित गराउदै आएकोले यस पटक पनि ढुक्क रहन दर्शकलाई आग्रह गरे । हरेक पटक झैँ भिन्न कथा र प्रस्तुति 'सायद २'मा रहेको उनले बताए । चलचित्रका सार्बजनिक ट्रेलर र गीत, संगीतलाई हेर्ने हो भने चलचित्रमा युवा पुस्ताको प्रेम र मित्रतालाई फरक कोणबाट प्रस्तुत गरिएको देख्न सकिन्छ । पुष्पराज न्यौपानेको लेखन तथा निर्देशन रहेको चलचित्रमा सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, सुनिल रावल लगायतका कलाकारको अभिनय रहेको छ ।
