व्लगर सिसन बानिया लामो समय देखी नेपालका सुन्दर ठाउँ को ट्राभल व्लग बनाउँदै आएका छन् । नेपाल लाई पर्यटकीय हिसाबले प्रवर्धन गर्न सहयोग पुर्‍याउँदै आएका सिसनले नयाँ वर्ष २०२०को पनि ट्राभल व्लग बनाउन सुरु गरिसकेका छन् । नयाँ वर्ष २०२० नेपालले भ्रमण वर्ष मनाउँदै छ । यसैको उद्घाटन गर्दै देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरिए । नेपालको पर्यटकीय नगरी पोखरामा झनै उत्साह जनक रूपमा भ्रमण वर्षको गरियो । यसमा सहभागी हुन सिसन र मिस नेपाल २०१८ शृङ्खला खतिवडा पनि पुगेका थिए । उनीहरूले हट एयर बेलुनमा सयर गरेका थिए भने सिसनले पोखरा आसपासको र  बेलुनको यात्रा समेटिएको व्लग युट्युबमा राखेका छन् । सिसन र शृङ्खला लामो समय यता सँगसँगै देखिइरहेका छन् ।

सिसन र शृङ्खलाको निकटतालाई के नाम दिने ?

शृङ्खलाको मिस नेपाल यात्रासँगै जोडिएका उनीहरू प्रेममा भएको खबर सार्वजनिक भए पनि दुवै ले यो कुरा स्वीकार गरेका छैनन् । उनीहरू एक अर्काको मिल्ने साथी मात्र भएको बताउँदै आएका छन् । तर उनीहरू प्रेममा भएको पुष्टि गर्ने अर्को आधार सार्वजनिक भएको थियो जसलाई सिसनले तुरुन्तै मेटाइदिएका छन् । सिसन र शृङ्खला बेलुनमा यात्रा गर्दा एक अर्काको निकै निकट देखिएका थिए भने सिसनले शृङ्खलालाई प्रेम दर्साइरहेको देख्न सकिन्थ्यो । उनीहरूले प्रेम सम्बन्धलाई सार्वजनिक रूपमा नल्याए पनि दुईको प्रेम भने महसुस गर्न सकिन्छ ।