गायिका अन्जु पन्तको आवाजमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । 'ठेकी भित्र मदानी' बोलको गीत इन्टरनेटमा सार्वजनिक गरिएको हो । गीतमा अन्जु र गगन सरगमको स्वर रहेको छ । गीतमा कपिल कस्पालको शब्द र निम सङ्गीतको एरेन्ज र सङ्गीत रहेको छ । लोक शैलीमा ठेट नेपाली शब्दको सङ्कलन गरेर तयार पारिएको गीतको भिडियोमा केकी अधिकारी र विजु पार्की फिचर्ड छन् । गीतको भिडियोमा सुरेश बसेलको कोरियोग्राफी रहेको छ । भिडियोमा सुव्रतराज आचार्यको निर्देशन, नवराज उप्रेतीको छायाङ्कन र नवीन निरौलाको सम्पादन रहेको छ ।