बलिउड नायक सुशान्त सिंह राजपुत र नायिका रिया चक्रवर्तीको प्रेममा रहेको चर्चा बलिउडमा केही समय यता चलिरहेको थियो । तर, यी दुवैले यो विषयमा केही पनि बोलेका थिएनन् । यद्यपि उनीहरू एकसाथ सार्वजनिक कार्यक्रममा देखिएका थिए । सुशान्तले भने रिया प्रतिको प्रेम सामाजिक सञ्जालमा व्यक्त गरेका छन् । उनले रियाको तस्बिर आफ्नो इन्स्टाग्राम स्टोरीमा राख्दै ‘मेरी जलेवी’ लेखेका छन् ।

रियासँगको प्रेम सम्बन्ध स्विकार्दै सुशान्त

यस पटक सुशान्त आफैले रियासँगको सम्बन्ध सार्वजनिक गरेका छन् । सुशान्तले रियाको तस्बिर राखेसँगै उनीहरूबिच प्रेम रहेको पक्का भएको छ । । यति बेला रिया इमरान हाश्मी र अमिताभ बच्चन अभिनीत चलचित्र ‘चेहेरे’को लागी व्यस्त छिन् ।