काठमाडाैँ ,२८ असार । चलचित्र ‘प्रेमगीत २’बाट नव नायिका अश्लेषा ठकुरीले डेव्यु गर्दै छिन् । चलचित्रको छायाङ्कन सुरु नहुदै अश्लेषाको चर्चा सुरु भएको थियो । यसअघि प्रेमगीतमा नायक प्रदीप खड्का र नायिका पूजा शर्माको जोडीलाई धेरैले रुचाएका थिए । त्यसै कारण पनि हुन सक्छ पुरानो जोडीको तुलनामा अश्लेषा र प्रदीपको जोडीले भने राम्रो र नराम्रो दुवै प्रतिक्रिया खेप्नु पर्‍यो । बिशेषत चलचित्र ‘पे्रमगीत २’को पहिलो गीत रिलिज भएसँगै युट्युबमा अश्लेषा माथि केही नराम्रा प्रतिक्रियाहरु आएको थियो । उनी भन्छिन् ‘गीत रिलिज भएसँगै आएको प्रतिक्रियाले नराम्रो लागेको थियो । केही कमेन्ट पढेर त रोएको पनि छु ।’ त्यस्तो नकारात्कम प्रतिक्रियाबाट आफूलाई अझ बलियो बनाएको उनी बताउछिन् । ‘आशुसेन जस्तो राम्रो ब्यानरमा काम गर्ने पाएको छ्ु । राम्रो टिमको साथ छ, मिडियाले पनि साथ दिनु भएको छ । त्यसैले मसँग अब यस्ता कुराहरूबाट लडेर अगाडी बढ्ने क्षमता छ जस्तो लाग्छ ।’ अश्लेषा भन्छिन् ।

 

आफूलाई हाउडे भएको बताउने अश्लेषा केही दिन अघि वार्डरोव मालफक्सनको सिकार हुन पुगेकी थिइन् । ‘प्रेमगीत २’को प्रचारका लागी देश दौडाहाको क्रममा नेपालगञ्जमा भएको कन्सर्टमा नाच्ने क्रममा अश्लेषाको केही तस्बिरहरू भाइरल भएका थिए । उनी भन्छिन् ‘मलाई त केही आइडिया नै थिएन् । वान पिसमा स्टेज पुगेको थिए । लुगा लामो नै थियो तर केही व्यक्तिले लो एङगलबाट फोटो खिचिदिनु भए छ । त्यसरी फोटो खिच्दा म्याक्सी लगाउदा पनि कसैले छेक्न सक्दैन् ’। उनी थप्छिन् ‘कतिले मलाई प्रमोसनको लागी गरिएको पनि भन्नु भयो । तर म कसैको छोरी, बहिनी, दिदी हो । चलचित्रमा बाहिर साधरण केटी छु म किन त्यस्ते गर्छु होला ? ’

तस्बिर सामाजिक सञ्जालमा भाइरल भएसँगै अब आफ्नो करियर र सबै चिजहरु गुमेको जस्तो लागेको उनले बताइन् । ‘जब मैले आफ्नो उक्त तस्बिर देखे अब म केही बाँकी भइन् जस्तो लागेको थियो ।सुरुमा त कति रोए । डिप्रेसनमा नै गएको थिए । परिवारको कुनै पनि सदस्यसँग बोल्न सकेको थिइन् । टुरमा आफूसँगै भएको टिमलाई पनि अनुहार देखाउन लाज भएको थियो । तर पछि टुरका टिमले मलाई यति साथ दिनु भयो । निर्माता सन्तोष सेन, नायक प्रदीप खड्का लगायतका टिमबाट सबैले सम्झाउनु भयो अनि मात्र दर्शकको अगाडी आउन सके । ’ उनी भन्छिन् । मिडियाको साथ सहयोगले गर्दानै आफूलाई अघि बढ्ने हिम्मत आएको अश्लेषा बताउछिन् । भन्छिन् ‘आज म जसरी अगाडी आएको छु त्यसको श्रयसबै मिडियालाई नै जान्छ । केही पत्रकार हुनुहन्छ उहाँहरूले गर्दा मात्र अझ पिडा थपिएको थियो । तर मलाई मेरो परिवार, मेरो टिम मलाई माया गर्ने मान्छेहरूले दिनु भयो साथले गर्दा भने अहिले असर गरेको छैन ।’