वि सं २०६४ मा प्रदर्शनमा आएको चलचित्र ‘पर्खी बसेँ’ को दोस्रो भाग बन्ने भएको छ । गोपीकृष्ण मुभिजले हिमालयन मुभी स्टुडियोसँगको सहकार्यमा ‘पर्खी बसेँ २’ निर्माण गर्ने भएको हो । चलचित्रमा नीकिता पौडेल र विनोद सापकोटा निर्माता रहनेछन् भने प्रदीप दाहाल र तीर्थप्रसाद पौडेल सह-निर्माताको रूपमा रहनेछन् । गोपीकृष्ण मुभिजकी नीकिता र हिमालयन मुभी स्टुडियोका विनोदबिच बिहीबार सहमति भएको हो । चलचित्र ‘पर्खी बसेँ’ लाई दीपक श्रेष्ठले निर्देशन गरेका थिए भने यसको दोस्रो सिरिज ‘लभ डायरिज’ निर्देशक सौरभ चौधरीले निर्देशन गर्नेछन् । पहिलो सिरिज झैँ दोस्रोमा पनि साङ्गीतिक प्रेम कथा रहने निर्देशक चौधरीले ब ताएका छन् । यसमा कथा पनि उनकै रहने छ । ‘पर्खी बसेँ’मा राज बल्लभ कोइराला, युना उप्रेती, निखिल उप्रेती लगायत कलाकारको अभिनय रहेको थियो । यसको सिक्वेलमा भने कुन कुन कलाकारले स्थान पाउनेछन् त्यो निर्माण पक्षयले निर्णय गरिसकेको छैन ।