मण्डला थिएटर अनामनगरमा नाटक 'झिम्के मामा' मञ्चन हुने भएको छ । प्रदीप कुमार चौधरीको निर्देशनमा बनेको नाटक यही माघ ३ गतेबाट मञ्चन हुने छ । नाटकले छुवाछुत र यससँग जोडिएको अन्धविश्वासले समाजमा ल्याउने समस्या र मानवतालाई समेटेको छ । नाटक झिम्के नाम गरेका एक पात्र वरी परी घुम्छ जसलाई समाज मा एक इमानदार र सोझो युवाको रूपमा चिनिएको हुन्छ । तर उसले समाजका लागी पुर्याएको योगदान र इमानदारीताको धज्जी उडाइन्छ जब उ कथित तल्लो जातको भएको कुरा समाजले थाहा पाउँछ । नाटकमा अङ्कित खड्का, सनुप न्यौपाने, संयोग गुरागाई, सागर खाती कामी, रीता श्रेष्ठको युनिश श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको छ । नाटकमा कथा दुर्गा प्रसाद पान्डेको रहेको छ भने पटकथा निर्देशक प्रदीप कै रहेको छ । नाटक माघ ३ देखी हरेक दिन सोमवार बाहेक साँझ ४:३० मा मञ्चन हुनेछ भने शनिवार अतिरिक्त सो १ बजे पनि मञ्चन हुनेछ ।