नेपाल आइडल दोस्रो सिजनका पवन गिरीको नयाँ गीत सार्वजनिक भएको छ । उनको दोस्रो गीत ‘बधाई छ’ सार्वजनिक गरिएको हो । गीतमा कल्याण सिंहको शब्द सृजना र सङ्गीत रहेको छ । गोपाल रसाइलीको एरेन्ज रहेको बधाई छको भिडियोलाई लोकेश बज्राचार्यले निर्देशन गरेका छन् । वियोगको कथा बोकेको मार्मिक गीतको भिडियोमा नायिका रीमा विश्वकर्मा फिचर्ड छिन् । गीतको भिडियो निकै मन छुने बनेको छ जसमा मन तोडिनुको पिडा समेटिएको छ ।