'द भ्वाइस अफ नेपाल'की प्रतिस्पर्धी गायिका श्रृङखला जोशीको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । ‘तिम्रो आवाज’ बोलको गीत गायिका जोशीले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् । विष्णु बाबु देवकोटाको शब्द रचना रहेको गीत मा उदय सोताङको कम्पोजिसन रहेको छ । गीतलाई कृष्ण लिम्बुले एरेञ्ज गरेका हुन् । 'द भ्वाइस अफ नेपाल'को सिजन दुईमा सहभागी भएर चर्चामा आएकी श्रृङखलाको यो पहिलो गीत हो । गीत को भिडियोमा गायिका स्वयं फिचर्ड छिन् भने उनलाई अभिनेता अजस्र ढुङ्गानाले साथ दिएका छन् । गीत मा नेपालकी पहिलो नायिका भुवन चन्दको पनि अभिनय रहेको छ । म्युजिक भिडियोको निर्देशन सुब्रत राज आचार्यले गरेका छन् । भिडियोलाई ज्ञानेन्द्र शर्माले छायाङ्कन गरेका हुन् । यसलाई नवीन निरौलाले सम्पादन गरेका हुन् ।