नेपाल चलचित्र सङ्घको नयाँ नेतृत्व चयन भएको छ । सङ्घको ४७औं वार्षिक साधारण सभा तथा अधिवेशनमा मधुसूदन प्रधानको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । अध्यक्ष प्रधानसहित सबै नयाँ कार्यसमिति सदस्य निर्विरोध चयन भएका छन् । १३ जना केन्द्रीय सदस्यहरूमा अशोक शर्मा, अर्जुन श्रेष्ठ, भास्कर ढुङ्गाना, देवेन्द्र खड्गी, गोपालकाजी कायस्थ, गोविन्दबहादुर शाही, कपिलप्रसाद दुबा, कुवेर शर्मा, कैलाश ढकाल, नीरज कार्की, नीरज गुप्ता, विक्रम पराजुली, त्रिरत्न मानन्धर रहेका छन् । पूर्वाञ्चलको सभापतिमा चैतन्य बराल, उप सभापतिमा परशुराम चौधरी, पश्चिमाञ्चलको सभापतिमा ओम जैसी, मध्यपश्चिमको सभापतिमा डाक्टर सिंह गुरुङ र उपत्यका सभापतिमा मदनमान बज्राचार्य चुनिएका छन् । केन्द्रीय सदस्यबाट माघको पहिलो साता बस्ने बैठकमा पदाधिकारी छानिने छन् ।