चलचित्र ‘म यस्तो गीत गाउँछु’को प्रिमियर शो सम्पन्न भएको छ । बुधबार काठमाडौँको कुमारी हलमा चलचित्रको प्रिमियर सो गरिएको थियो । कार्यक्रममा चलचित्रका कलाकारको साथै, कलाकर्मी, संचारकर्मी र बिभिन्न क्षेत्रका व्यक्तिवको बाक्ले उपस्थीति रहेको थियो । सुदर्शन थापाको निर्देशन रहेको चलचित्र ‘म यस्तो गीत गाउछु’ यस बर्षको प्रतिक्षित चलचित्र हो । चलचित्रमा नायिका पूजा शर्मा र नायक पल शाहको मुख्य भुमिका रहेको छ ।

नायिका शर्माको लगानीमा तयार भएको ‘म यस्तो गीत गाउछु’लाई दर्शकको राम्रो साथ पाउनेमा उनि आशबादी रहेको बता उछिन् । चलचित्र हेरिसके पछि राम्रो प्रतिक्रिया पाएसँगै निर्मँण टिम दंग थिए । चलचित्र यहि शुक्रबार (असार ३० गते) प्रदर्शनमा आउदै छ ।