आगामी चैत २८ गते देशव्यापी रूपमा प्रदर्शनमा आउने चलचित्र ‘प्रेमगीत ३’ को यति बेला मनाङमा छायाङ्कन भइरहेको छ । टिमले मनाङको हिउँमा चलचित्र खिचिरहेका छन् । अब एक हप्ताको छायाङ्कन पछि युनिट मनाङबाट फर्किनेछ । छायाङ्कन कै क्रममा आइतबार केही कलाकारहरूलाई निर्माता सन्तोष सेनले हेलिकप्टर मार्फत सुटिङ सेट सम्म पुर्‍याएका थिए भने शुटिंग सकिएका कलाकारहरूलाई त्यही हेलिकप्टर मार्फत काठमाडौँ पुर्‍याएका थिए । निर्माता निर्देशक 'सेनका अनुसार जाडो मौसम भएका कारण बाटोहरू हिउँले पुरिएको छ जसले गर्दा गाडीमा आउन असम्भव भएका कारण हेलिकप्टरबाट कलाकारलाई ल्याइएको हो' ।

 ‘प्रेमगीत ३’को लागी हेलिकप्टरमा कलाकार ओसार्दै सन्तोष सेन  ‘प्रेमगीत ३’को लागी हेलिकप्टरमा कलाकार ओसार्दै सन्तोष सेन

उनले आफ्नो चलचित्रको प्रचार प्रसारको लागी हेलिकप्टर प्रयोग गरेको नभएको बताएका छन् । उनी थप्छन्, 'करिब १०० जनाको युनिटले जाडोमा काम गरिरहेका हुँदा एक दुई जना कलाकारले गर्दा काम नरोकियोस् भनेर हेलिकप्टरको प्रयोग गरिएको हो' । हेलिकप्टरबाट बाल कलाकार अनुभव रेग्मी, नायक शिव श्रेष्ठ, नृत्य निर्देशक कविराज गहतराज, बाल कलाकार सुजल बस्नेतलाई मनाङ सम्म पुर्‍याइएको थियो भने छायाङ्कन सकिएका सुनिल थापा सहित अन्य केही कलाकारहरू काठमाडौँ फर्किएका छन् ।

 ‘प्रेमगीत ३’को लागी हेलिकप्टरमा कलाकार ओसार्दै सन्तोष सेन  ‘प्रेमगीत ३’को लागी हेलिकप्टरमा कलाकार ओसार्दै सन्तोष सेन

चलचित्रमा नव-अभिनेत्री क्रिस्टिना गुरुङ, प्रेम पुरी, लक्ष्मी बर्देवा, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की, अनुभव रेग्मी, संवृद्धि शाही ठकुरीलगायतका कलाकारहरूको पनि अभिनय रहनेछ । आसुशेन फिल्मस् प्रोडक्सनको प्रस्तुति यस चलचित्रमा कल्याण सिंह र एलिश कार्कीको सङ्गीत रहेको छ भने राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।