पत्रकार तथा लेखक डिबी खड्काको पुस्तक ‘नियत’ को विमोचन कार्यक्रममा अभिनेत्री त्रेय रेखा थापा, स्वस्तिमा खड्का, लक्ष्मी बर्देवा उपस्थित थिए । विमोचन कार्यक्रममा तीनै अभिनेत्रीले नेपाली चलचित्र क्षेत्रमा आफूले भोगेका अनुभव मात्र साटेनन् समाजले नायिकालाई हेर्ने नजर र चलचित्र क्षेत्रकै पुरुषले गर्ने व्यवहारको बारेमा पनि बहस गरे । यसै निच अभिनेत्री रेखा थापा पनि आफ्नो विचार र अनुभव साटिन् । चलचित्र क्षेत्रमा महिला यौन हिंसा र दुर्व्यवहारमा परेका होलान् तर, पुरुष पनि यो क्षेत्रमा पीडित भएको विचार राखिन् । जसले रङ्गीन पर्दा भित्रको अर्को तितो यथार्थ बाहिर ल्याएको छ । 'एउटा महिलाले काम गर्दै जाँदा उसलाई थुप्रै प्रकारका सुरक्षा चाहिन्छ' उनी भन्छिन् । उनले पहिरन हेरेर कसैको चरित्रको मूल्याङ्कन गर्नु गलत रहेको पनि बताइन् ।

नायिकाको पहिरन चरित्र नाप्ने यन्त्र हुनु निकै निच सोच भएको उनको भनाइ छ । उनले एक समय आफ्नो पहिरन लाई लिएर गरिने व्यङ्गले नायिका माथि चलचित्र क्षेत्र कै सम्मान गरिएका र अग्रज कलाकारको हात रहेको उनको दाबी छ । उनले भनिन्, 'कि रेखाको चल्छ कि देखाको भन्ने गाईजात्रामा कमेडियनहरुले भनेका हुन् । दीपकराज (दाइ) गिरीले दर्शक हँसाउन रेखा होइन देखा थापा भनेर भन्नुभएको थियो' । पहिरनमाथि टिप्पणी हुने चलन गाईजात्राबाट सुरु भएको उनको गुनासो रहेको छ । उनले थपिन्, ‘एउटा धनाढ्य मानिसले आफ्नी छोरी वा छोरालाई चलचित्रमा गएर काम गर भन्न सक्दैन । तर, उसैले चलचित्रमा काम गर्ने महिला वा पुरुषको नियतमाथि प्रश्न उठाउँछ ।’