रेखा फिल्म्सको ब्यानरमा नयाँ चलचित्र बन्ने भएको छ । सवीर श्रेष्ठको निर्देशनमा नयाँ चलचित्र निर्माण हुने चलचित्रमा रेखा थापा र सौगात मल्ल र दयाहाङ्ग राई मुख्य भूमिकामा रहने पक्का भएको छ । निर्माण टिमका अनुसार यस चलचित्र २०७७ सालको लक्ष्मीपूजामा चलचित्र प्रदर्शनमा आउने छ । चलचित्रमा जगदीश्वर थापाको पटकथा रहनेछ भने नाम चाहिँ फाइनल भैसकेको छैन । केही समय अघि रेखाले अर्को एक चलचित्रको निर्माण घोषणा गरेकी थिइन् । जसलाई  रेनेशा बान्तवा राईले निर्देशन गर्ने पक्का भएको थियो । तर  रेनशा यति बेला 'आई एम ट्वान्टीवान' का लागि व्यस्त रहेकाले अब रेखा र रेनेशाको सहकार्यमा बन्ने चलचित्र केही पछि धकेलिएको छ ।